१० अर्ब बिगो दाबी गरिएका ठेकेदार थापा साधारण तारेखमा रिहा
काठमाडौं । बहुचर्चित राहदानी अनियमितता मुद्दाका प्रमुख आरोपी तथा जर्मन कम्पनी भेरिडोस जीएमबीएचका नेपाली एजेण्ट सिद्धार्थ थापा विशेष अदालतको आदेशमा साधारण तारेखमा रिहा भएका छन्।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनलाई कुनै पनि धरौटी नलिई साधारण तारेखमा छोड्न आदेश दिएको हो। यसअघि प्रहरीले उनीविरुद्ध गैरकानूनी लाभहानी अन्तर्गत १० अर्ब १३ करोड ४ लाख ६१ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।
गत असार २ गते राहदानी विभागका महानिर्देशक तीर्थ अर्यालसँगै पक्राउ सूचीमा रहेका थापा ‘छोरीको बर्थ डे’ भन्दै विदेश गएका थिए। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति तथा कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य सुनीलबहादुर थापाका छोरा रहेका सिद्धार्थमाथि ई-पासपोर्ट खरिद प्रक्रियामा आदेशको दुरुपयोग गरी राज्यलाई आर्थिक भार पारेको आरोप छ। प्रतिस्पर्धात्मक टेण्डर आह्वान नगरी पुरानै आपूर्तिकर्ता थापासँगको सम्झौता थप गर्दा राज्यलाई घाटा पुगेको दाबी गरिएको छ।
राहदानी विभागले ५ वर्षका लागि ई-पासपोर्ट खरिद गर्न २०८१ मंसिरमा डेढ महिनाको छोटो अवधि तोकेर निकालेको टेण्डर प्रारम्भिक चरणबाटै विवादमा तानिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment