सुदूरपश्चिमका प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेट
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबीच शनिबार प्रदेश प्रमुखको निवासमा भेटवार्ता भएको छ।
देशका केही भागमा देखिएको सामाजिक तथा धार्मिक द्वन्द्वको सम्भावित प्रभाव सुदूरपश्चिम प्रदेशमा पर्न नदिन पूर्वसचेतना अपनाउँदै सामाजिक सद्भाव कायम राख्ने विषयमा भेटका क्रममा गम्भीर कुराकानी भएको छ।
त्यसैगरी, आगामी मनसुनका कारण उत्पन्न हुन सक्ने सम्भावित विपद् र त्यसको व्यवस्थापनका निम्ति गरिएको पूर्वतयारीबारे मुख्यमन्त्री शाहले प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूसँग हालै भएको छलफलबारे प्रदेश प्रमुख मियाँलाई अवगत गराएका थिए।
भेटवार्तामा सुदूरपश्चिम प्रदेशको समग्र शान्ति–सुरक्षाको वस्तुस्थिति तथा विकास निर्माणका गतिविधिहरूका बारेमा समेत आपसी छलफल भएको बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment