सरकारले भय र त्रासको राज स्थापना गर्न खोज्यो : नेता रिजाल

डिसी नेपाल
१४ असोज २०७६ १३:३७

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खोजिरहेको आरोप लगाएका छन्।

तनहुँमा आफूमाथि ढुंगामुढा गरेबाट वर्तमान सरकारले मुलुकमा भय र त्रासको राज स्थापना गर्न खोजिरहेको पुष्टि भएको दावी गरे।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीले अन्य पार्टीमाथि ‘बाघ झैं झम्टन’ तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ‘सिंहझै गर्जन’ पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएर कम्युनिष्ट पार्टी बाहेकका अन्य राजनीतिक दलहरुको गतिविधिलाई प्रतिबन्ध लगाउन सुनियोजित षडयन्त्र गरिरहेको दावी गरे।

काँग्रेस नेता रिजालले नागरिकलाई भयभित बनाएर सरकारले मुलुकमा अन्य लोकतान्त्रिक राजनीतिक दलहरुलाई गतिविधि गर्न नदिने योजना बनाईरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *