भीमदत्त पन्तको बलिदानलाई खेर जान दिनेछैनौं : राजेन्द्र पाण्डे

डिसी नेपाल
१७ साउन २०८३ १८:३७

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले भीमदत्त पन्तको बलिदानलाई खेर जान नदिन निरन्तर क्रान्तिमा लागि रहने जनाएका छन्।

आइतबार काठमाडौंको संवाद डबलीमा अखिल नेपाल किसान महासंघद्वारा आयोजित कार्यक्रममा वक्ताहरुले वर्तमान सरकार किसानप्रति अनुदार रहेको समेत आरोप लगाएका छन्।

३५औं किसान शहीद दिवस तथा ७३औं भीमदत्त पन्त स्मृति दिवसको सन्दर्भमा नेकपाका केन्द्रीय संयोजन समितिका सदस्य राजेन्द्र पाण्डेले शहीद भीमदत्त पन्त नेपाली किसान आन्दोलनको एक योद्धा भएको बताए।

किसान र गरिब मजदुरका पक्षमा संघर्ष गर्दागर्दै सहादत प्राप्त गरेको र आफ्नो पार्टीले पन्तको बलिदानको रक्षा गर्ने पाण्डेले जनाए।

बागमति प्रदेश पूर्वमुख्यमन्त्रीसमेत रहेका पण्डेले ‘देश र जनताको सेवा गर्नेहरुको मृत्यु पहाडभन्दा गह्रौं हुन्छ’ भन्ने माओत्सेतुङको भनाइलाई उद्धृद गर्दै पन्त नेपाली आम किसानहरुको महान प्रेरक व्यक्तित्व रहेको धारणा राखे।

पाण्डेले शहीद भीमदत्त पन्तको जीवनीमा आधारित चलचित्र ‘भीमदत्त पन्त’ चलचित्रले नयाँ पीँडीमाझ पन्तलाई जीवन्त बनाउन सघाउने जिकिर गरे। निर्माता नवल खड्कालाई सो चलचित्र बनाएकोमा धन्यवादसमेत दिए।

कार्यक्रममा ‘भीमदत्त पन्त’ चलचित्रका नायक तथा निर्माता नवल खड्काले नेपाल किसान तथा सर्वहारा जनताको वास्तविक नायक भीमदत्त पन्त रहेको धारणा राखे। पन्त जस्तै महान शहीदहरुको योगदानलाई वर्तमान सरकारले अबमूल्यन गर्न खोजिरहेको आरोपसमेत लगाए।

वर्तमान सरकारका प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिले हरेक देशभक्तलाई विद्रोही भाव पैदा गरेको भन्दै आक्रोश व्यक्त गरे।

‘हामी एक टुक्रा पनि भूमि विदेशीलाई दिने छैनौं, म बालेनलाई च्यालेन्ज दिन्छु– तपाईको राष्ट्रघाति कदम र सोचलाई खारानी बनाउन नपरोस्’ खड्काले भने।

अखिल नेपाल किसान महासंघका संयोजक चित्र बहादुर श्रेष्ठले भीमदत्त पन्तको जीवनीबारे प्रस्ट पार्दै, नेपाली किसान आन्दोलनका अग्रणी योद्धा रहेको धारणा राखे।

महासंघका सहसंयोजक रामकुमार ज्ञवालीले पन्त नेपाली किसान आन्दोलनका प्रेरणाको स्रोत भएको बताए।

महासंघका नेता नहेन्द्र खड्काले भीमदत्त पन्तको योगदान र बलिदानलाई हरेक किसान तथा उत्पीडित वर्गले विर्षन नहुने धारणा राखे। आफूहरुले पन्तको बाटो अबलम्बन गर्ने प्रयास गरिरहेको र त्यसलाई निरन्तरता दिदै जाने पनि बाताए।

सो कार्यक्रममा नायक तथा निर्माता नवल खड्कालाई ‘कलाकार सम्मान’ले सम्मानित गरिएको थियो।

त्यसैगरी किसान संघसंगठनसँग जोडिएका सहिद तथा वेपत्ता योद्दा परिवारका सदस्यहरु मीना तामाङ, शान्ता न्यौपाने, खिलमाया सापकोटा, विष्णुमाया नेपाल, बिमला विश्वकर्मा र नवराज लुईटेललाई सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेताहरु भानुभक्त जैसी, बलराम बाँस्कोटा, बलदेव चौधरी, देवराज रेग्मी, अगस्त अधिकारी, डा.केशव खड्का र पासाङ मोक्तान लगायतको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *