धनुषामा भोलि बिहान ५ बजेदेखि निषेधाज्ञा हट्ने, जनजीवन सामान्य बन्दै
काठमाडौं । धनुषा जिल्लामा लगाइएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हट्ने भएको छ।
शनिबार बिहान १० बजेदेखि जारी गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार साँझ एक सूचना जारी गर्दै जानकारी दिएको छ।
आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको र सुरक्षा अवस्था तथा जनजीवन सामान्यीकरणतर्फ उन्मुख भएकोले पछिल्लो सुरक्षा स्थितिलाई विश्लेषण गर्दै निषेधाज्ञा हटाउने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको उक्त सूचनामा उल्लेख छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment