राष्ट्रियसभाको बैठक आज बस्दै: यस्तो छ सम्भावित कार्यसूची

डिसी नेपाल
१८ साउन २०८३ ७:२४

काठमाडौँ। राष्ट्रियसभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १:१५ बजे बैठक बस्ने तय भएको छ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।

यसै गरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ सभासमक्ष पेस गर्ने कार्यक्रम छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *