प्रतिनिधिसभाका पाँच विषयगत समितिको बैठक आज बस्दै, यस्ता छन् छलफलका विषय

डिसी नेपाल
१८ साउन २०८३ १०:००

काठमाडौं। संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका विभिन्न पाँचवटा विषयगत समितिको बैठक आज बेग्लाबेग्लै बस्दैछ।

संसद् सचिवालयका अनुसार अर्थ समिति, सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आजका लागि तय गरिएको हो।

बैठकहरू बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म फरक-फरक समयमा सञ्चालन हुनेछन्। बिहान ११:०० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षासम्बन्धी विषयमा छलफल हुनेछ।

सोही समयमा बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदन प्रस्तुत हुनुका साथै ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि सैद्धान्तिक र दफावार छलफल गरिनेछ।

यस्तै, बिहान ११:०० बजे नै सुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

दिउँसोका लागि तय गरिएका बैठकहरूमा मध्याह्न १:०० बजे बस्ने अर्थ समितिमा ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल हुनेछ।

त्यसैगरी, दिउँसो २:०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त भएका विभिन्न उजुरीहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *