कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

डिसी नेपाल
१९ साउन २०८३ १७:३७

काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।

अहिले त्रिवि शिक्षण अस्पताल परिसरमा मृतक मेहताका आफन्तहरूले धर्ना दिएका छन्। उनीहरूले गृहमन्त्री सुधन गुरुङ आफैँ अस्पताल उपस्थित भएर आफ्ना मागहरू सम्बोधन गर्नुपर्ने अडान राखेका छन्। आफूहरूको माग पूरा नभएसम्म शव नउठाउने उनीहरूको चेतावनी छ।

आफन्तहरूको यो अडान र गम्भीर बन्दै गएको परिस्थितिलाई ध्यानमा राख्दै गृहमन्त्री गुरुङ आफैँ अस्पताल जाने तयारी गरेका छन्। गृहमन्त्री निकट स्रोतका अनुसार उनी केहीबेरमा त्रिवि शिक्षण अस्पताल पुग्दैछन्।

यसअघि गृहमन्त्री गुरुङ आज दिउँसो १ बजेदेखि नै कप्तानगञ्ज घटनाको समाधानका लागि हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग निरन्तर छलफलमा थिए। उक्त छलफल अन्तिम चरणमा पुगेको र सोही भेटघाट सकिनासाथ गृहमन्त्री सीधा अस्पताल जान लागेको उनको सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *