सर्वोच्चको आदेशपछि विश्वप्रकाशको प्रतिक्रिया: ‘विशेष महाधिवेशनको वैधानिकता थप स्पष्ट हुन्छ’
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएपछि न्यायिक निरूपणबाट विशेष महाधिवेशनको वैधानिक र राजनीतिक सत्यता थप स्पष्ट हुने बताएका छन्।
सर्वोच्च अदालतको अघिल्लो फैसलामाथि पुनरावलोकन (निस्सा) दिने आदेश आएलगत्तै उपसभापति शर्माले आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
यसअघि लामो बहसपछि फैसला भइसकेको विषय भए पनि अदालतको पुनःपरीक्षणले विशेष महाधिवेशनको वैधानिकतालाई अझ फराकिलो ढङ्गले पुष्टि गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे। नेपाली कांग्रेस पूर्ण संयम र परिपक्वताका साथ महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्यहरू अदालतसमक्ष पुनः प्रस्तुत गर्न खुला र तत्पर रहेको उनको भनाइ छ।
यसअघि सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै तत्कालीन संस्थापन पक्षको रिट खारेज गरेको थियो। तर, सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएसँगै उक्त विवादमा सुरुदेखि नै पुन: सुनुवाइ हुने बाटो खुलेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment