बलिउडका चर्चित गायक शान भदौ ६ गते काठमाडौंमा गुञ्जिँदै

डिसी नेपाल
२३ साउन २०८३ १४:१५

काठमाडौं । भारतीय सङ्गीत क्षेत्रका चर्चित प्लेब्याक सिंगर शान नेपालमा सांगीतिक प्रस्तुति दिन आउने भएका छन्।

‘आगामी भदौ ६ गते काठमाडौंको ठमेलस्थित ‘क्लब नोभा’मा शानले सांगीतिक प्रस्तुति दिने भएका छन् ।’ कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली दर्शक तथा संगीतप्रेमीलाई मनोरञ्जन दिनेछन् ।

नेपाल आउनुअघि शानले नेपाली दर्शक तथा आफ्ना प्रशंसकलाई भिडियो सन्देशसमेत पठाएका छन् । भिडियो सन्देशमार्फत उनले आफू नेपाल आउन लागेको जानकारी दिँदै नेपाली दर्शकका लागि आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने बताएका छन्।

९० को दशकदेखि वर्तमान युवा पुस्तामाझ समेत लोकप्रिय रहेका शानलाई सांगीतिक कार्यक्रमका लागि ‘नेपाली टच’ले नेपाल ल्याउन लागेको हो ।

कार्यक्रममा शानले आफ्ना सर्वाधिक रुचाइएका गीत ‘मुसुमुसु हाँसिदेऊ’, ‘ओम शान्ति ओम’, ‘बहती हवा सा था वो’ लगायत एक दर्जनभन्दा बढी लोकप्रिय गीत प्रस्तुत गर्ने जनाइएको छ।

शानका ‘चाँद सिफारिस’, ‘जब से तेरे नैना’, ‘दिवानगी’, ‘सुनो ना’, ‘हे शोना’ र ‘कुछ तो हुआ है’ लगायतका गीत पनि नेपाली संगीतप्रेमीमाझ लोकप्रिय छन्।

नेपालमा समेत उनका गीतका प्रशंसक ठूलो संख्यामा रहेकाले शानको प्रस्तुति विशेष हुने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *