‘घामड शेरे’ गीतमा स्वस्तिमाको भेना बनेका निश्चल [भिडियो]

डिसी नेपाल
१५ असोज २०७६ ९:५६

काठमाडौं। ‘रियल जोडी’ हुन् निश्चल बस्नेत र स्वस्तिमा खड्का। यी दुईले जोडी भएर काम गरेको पहिलो चलचित्र ‘घामड शेरे’को पहिलो गीत सार्वजनिक गरिएको छ।

मंगलबार चलचित्रको डान्सिङ विटको ‘साली मनपर्यो’बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा निश्चल र स्वस्तिमाको ‘रियल जोडी’ फिचर्ड छन्।

गीतमा कालीप्रसाद बास्कोटाको शब्द, संगीत तथा स्वर रहेको छ। उनलाई महिला आवाजमा अस्मिता अधिकारीले साथ दिएकी छन्। भिडियोको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन्।

लभस्टोरी चलचित्र बनाउन सिपालु मानिने हेमराज विसी निर्देशित ‘घामड शेरे’ कात्तिक ८ गतेबाट प्रदर्शनमा आउनेछ। चलचित्रमा निश्चल र स्वस्तिमाका साथमा सुष्मा निरौला, वादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतको अभिनय छ। गौरी मल्लले चलचित्रमा अतिथि भूमिका निर्वाह गरेकी छन्।

निश्चल र स्वस्तिमाले जोडी भएर काम गरेका कारण यस चलचित्रको दर्शकले व्यग्र प्रतिक्षा गरेका छन्। चलचित्र कमेडी कथामा निर्माण हुने बताईएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *