स्रोत नखुलेको साढे ५२ लाख रुपैयाँसहित वीरगञ्जबाट चार जना पक्राउ

डिसी नेपाल
२६ साउन २०८३ १०:३०

वीरगञ्ज। स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित प्रहरीले वीरगञ्जबाट चार जनालाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका-१० बाट भारत बिहारका सुरज कर्ण, बारा प्रसौनी गाउँपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ तथा पर्सा बिन्दवासिनी गाउँपालिका-१ का राहुलकुमार गुप्ता पक्राउ परेका हुन्।

विशेष सूचनाका आधारमा जाँच तथा खानतलासी गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *