कांग्रेसको गतिबिधि रोक्न शशांक कोइरालाको सानेपा र निर्वाचन आयोगलाई पत्र

डिसी नेपाल
२६ साउन २०८३ १५:५१

काठमाडौं। नेपाली कांग्रेसको देउवा पक्षीय राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनसहित सबै महत्वपूर्ण निर्णय तत्कालका लागि रोक्न आग्रह गरेका छन्।

कोइरालाले कांग्रेस केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाउँदै सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता र नेतृत्वसम्बन्धी विवादमा पुनरावलोकनको अनुमति अर्थात् निस्सा प्रदान गरिसकेकाले अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका निर्णय यथास्थितिमा राख्न आग्रह गरेका हुन्।

सर्वोच्च अदालतको पूर्ण इजलासले साउन २२ गते उक्त मुद्दा पुनः हेर्ने अनुमति दिएको उल्लेख गर्दै कोइरालाले यससँगै कांग्रेसको वैधानिकता र तत्कालीन नेतृत्वको कानुनी हैसियत पुनः न्यायिक परीक्षणको अवस्थामा पुगेको दाबी गरेका छन्।

उनले अदालतबाट मुद्दाको अन्तिम टुंगो नलागेसम्म पार्टीभित्र थप कानुनी जटिलता नहोस् भन्दै तत्कालीन महामन्त्री गगनकुमार थापा तथा सम्बन्धित पक्षलाई महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न आग्रह गरेका छन्।

कोइरालाले पार्टीको १५औं महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सबै सांगठनिक, प्राविधिक र नीतिगत कार्यतालिका स्थगित गर्न तथा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन राजनीतिक, सांगठनिक, नीतिगत र आर्थिक निर्णय नगर्न माग गरेका छन्।

देउवा पक्षले साउन २९ देखि ३१ सम्म राष्ट्रिय भेला आयोजना गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *