शनिबार काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री हुने
काठमाडौं। खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले शनिबार काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमको समन्वयमा साउन ३० गते शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानबाट ग्यास उद्योगीहरूले ग्यास सिलिन्डर बिक्री गर्नेछन्।
निगमका अनुसार निगमको टेकु परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास, यातायात कार्यालय परिसर, चाबहिलमा नेपाल र एचपी ग्यास, राधास्वामी, कपन/बालुवा परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ग्यास, राधास्वामी, वसुन्धरा परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास, पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहल , नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिने भएको छ।
निगमले तोकिएको स्थानमा पुगेर सम्बन्धित ब्रान्डका ग्यास सिलिन्डर खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment