उपत्यकामा आयल निगमद्वारा ग्यास वितरण निरन्तर

डिसी नेपाल
३१ साउन २०८३ १५:०२

काठमाडौँ। बजारमा खाना पकाउने एलपी ग्यासको उच्च माग बढेपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा ग्यास बिक्री वितरणलाई निरन्तरता दिएको छ।

उपभोक्ताको सहजताका लागि निगमले साउन १६ गतेदेखि टेकुस्थित आफ्नो प्रादेशिक कार्यालयबाट नियमित रूपमा ग्यास सिलिन्डर उपलब्ध गराउँदै आएको छ।

ग्यासको अभाव हुन नदिन निगमले आज पनि विभिन्न ब्रान्डका सिलिन्डरहरू सर्वसाधारणलाई वितरण गरिरहेको छ। टेकु डिपोबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डरहरू बिक्री वितरण भइरहेको निगमले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *