गान्धीले देखाएको अहिंसाको बाटो अनुशरण गर्न पार्टीका कार्यकर्तालाई देउवाको आग्रह

डिसी नेपाल
१५ असोज २०७६ १७:४३

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अघि बढेर मुलुकलाई अघि बढाउन सकिने पनि स्पष्ट पारे। १५० औं गान्धी जयन्तिको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गान्धीलाई विश्वकै दूरदर्शी महान नेताको रुपमा चित्रण गर्दै उनका अहिंसावादी दर्शनले नै नेपालको पनि उन्नति हुने बताए।

गान्धीले अहिंसाको बलमा तत्कालीन अंग्रेज शासकलाई भारतबाट हटाएर विश्वलाई नै नयाँ दर्शन दिएको सभापति देउवाको भनाई थियो। सभापति देउवाले गान्धीलाई विश्वकै विकेन्द्रीकरणका प्रवक्ताको रुपमा पनि स्मरण गराए।

कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीवादको प्रभाव नेपाल र विश्व राजनीतिमै परेको बताए। उनले नेपालमा प्रजातन्त्रको स्थापनामा पनि गान्धीवादको ठूलो आर्शिवाद रहेको स्पष्ट पारिन् ।

काँग्रेस नेता पौडेलले गान्धीवादले विश्वलाई नै शान्तिको सन्देश दिईरहेको पनि उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *