अवैध लागूऔषध सहित ५ जना पक्राउ

डिसी नेपाल
१५ असोज २०७६ २२:१२

काठमाडौं । रुकुम (पश्चिम), सानीभेरी गाउँपालिका ५ गोलचौर बस्ने ३२ वर्षीय रन्जित खत्रीलाई अवैध लागूऔषध अफिम ४ केजी ९ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

बाफीकोट गाउँपालिका ७ स्थित जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मग्माबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका ६ खहरेस्थित होटल कोकनबाट लागूऔषध एनफेटागन ४५ पिस र अन्दाजी १ सय ५० ग्राम लागूऔषधजन्य सुकेको पात सहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका ९ पृथ्बीचोक बस्ने २२ वर्षीय हसिद नसिब अख्तर अली, भारत मिजोराम साउथ ईण्डिया बस्ने ३९ वर्षीय मिजोराम नियाना, पोखरा महानगरपालिका ९ पृथ्बीचोक बस्ने पर्सा घर भएका २८ वर्षीय सहिद अख्तर मियाँ र तनहुँ शुक्लागण्डकी ९ बस्ने २३ वर्षीया रजिया खातुन रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, वडा प्रहरी कार्यलय वैदाम कास्की र लागूऔषध नियन्त्रण संघीय व्यूरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *