क्रान्तिका नाममा रीतिरिवाज तोड्न हुँदैन : उपप्रधानमन्त्री पोखरेल

डिसी नेपाल
१५ असोज २०७६ २३:०७

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताएका छन्।

विजया दशमीका अवसरमा हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले आज आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री पोखरेलले कसैले पनि कसैको आस्था र विश्वासमा प्रहार गर्ने काम गर्न नहुने बताए।

उपप्रधानमन्त्री पोखरेलले भने, ‘मानिसको आस्था र विश्वासको सम्मान गर्नुपर्छ। धर्म, संस्कृति हाम्रा पुर्खाको देन हो, त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हो।’

पूर्वअर्थमन्त्री रामशरण महतले समाजको सांस्कृतिक परम्परा जोगाउन क्लबले गरेको प्रयास धेरैका लागि अनुकरणयोग्य भएको बताए।

हाम्रो परम्परागत धर्म, संस्कृति पनि समृद्धि र पहिचानका आधार रहेको उल्लेख गर्दै उनले सरकारले पनि यसबारे अलि गम्भीर हुनुपर्ने बताए। साहित्यकार रोचक घिमिरेले हाँडीगाउँ संस्कृति र धार्मिक परम्पराले समृद्ध रहेको बताए।

पूजा व्यवस्थापन समितिका अध्यक्ष सुदीप समद्दारले भाषा, संस्कृति र परम्परागत रीतिरिवाजका हिसाबले नेपाल विश्वकै धनी मुलुक भएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *