राप्रपा बागमती संसदीय दलका नेता उद्घव थापा पार्टीबाट निष्काशित

डिसी नेपाल
४ भदौ २०८३ १६:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सभा संसदीय दलका नेता उद्घव थापालाई पार्टीबाट निष्कासन गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशन विपरीत चोलेको भन्दै उनलाई कडा कारबाही गरिएको जानकारी दिएका छन्।

थापाले केन्द्र तथा प्रदेशका राजनीतिक समीकरणविरुद्ध एमाले र माओवादी केन्द्रको सरकारलाई समर्थन दिएका थिए। उनको उक्त कदमलाई पार्टीले अस्वीकार गर्दै समर्थन फिर्ता लिन निर्देशन दिएको थियो। तर, पार्टीको निर्देशन पालना गर्न अस्वीकार गरेपछि उनलाई कारबाहीको दायरामा ल्याइएको राप्रपाले जनाएको छ।

अध्यक्ष लिङदेनले स्पष्ट पार्दै भने, ‘उद्घव थापालाई साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत निष्कासन गरिएको छ।’ साथै, संसदीय दलका नेतालाई नै कारबाही गरिसकिएको र अब सरकारमा सहभागी हुने अन्य नेताहरूलाई पनि क्रमशः कारबाहीको दायरामा ल्याइने अध्यक्ष लिङदेनले चेतावनी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *