गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

डिसी नेपाल
६ भदौ २०८३ २१:१०

गोरखा। गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ।

इलाका प्रहरी कार्यालय आरुघाटबाट गएको गस्ती टोलीले आज अपराह्न करिब ५ बजेतिर आरुघाट गाउँपालिका–६ चिहानडाँडाको जङ्गलमा लुकाइ राखिएको अवस्थामा बन्दुक फेला पारेको हो।

प्रहरी निरीक्षक अनील श्रेष्ठ नेतृत्वको गस्ती टोलीले सो जङ्गलभित्र सल्लाको हाँगाले छोपिराखेको अवस्थामा बन्दुक फेला पारेका प्रहरीको भनाइ छ। भेटिएका पाँच वटामध्ये एक थान थोत्रो भएर भाँचिएको अवस्थामा रहेको र अरु चार वटा पनि लामो समयदेखि जङ्गलमै लुकाइछिपाइ राखिएको अवस्थामा रहेकाले खिया लागेको प्रहरीको भनाइ छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *