पर्वतमा अटो दुर्घटनामा एक जनाको मृत्यु
पर्वत। पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
शनिबार दिउँसो करिब २: ३० बजे लुङ्खुबाट बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो ओरालो सडकमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा बिहादी गाउँपालिका–१ बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विक गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा प्रदेश अस्पताल कुश्मामा दिउँसो ३:३९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अटो चालक फलेवास नगरपालिका–११ पाङग्राङका ३६ वर्षीय मनबहादुर परियार, बिहादी गाउँपालिका–१ बाच्छा देउरालीकी २४ वर्षीया कविता विक, १५ वर्षीया अन्जुली विक र १३ वर्षीया दुर्गा विक घाइते भएका छन्।
घाइते चारै जनाको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment