शंखमुल हत्या प्रकरण : पक्राउ परेका तीनजना सार्वजनिक
काठमाडौं । शंखमुलस्थित भ्याली होस्टलमा भएको युवक हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई सार्वजनिक गरेको छ।
दाङ घर भएका २२ वर्षीय वसन्त कालाथोकीको हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सार्वजनिक गरेको हो।
गत भदौ ५ गते बिहान १० बजेतिर कालाथोकीमाथि चक्कु प्रहार भएको थियो। चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको अनुसन्धानको क्रममा प्रहरीले होस्टलमै बस्ने बाराको कलैया–३ का १९ वर्षीय शेखर यादव र १९ वर्षकै प्रमित पटेललाई पक्राउ गरेको छ। यसका साथै, घटनामा होस्टल सञ्चालक २३ वर्षीय आलोक ठाकुरलाई पनि पक्राउ गरिएको परिसरका एसपी दानबहादुर थापाले जानकारी दिएका छन्।
पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment