मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न चिकित्सक संघको माग

डिसी नेपाल
१६ असोज २०७६ १७:५३

काठमाडौं । नेपाल चिकित्सक संघले मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ।

चर्को शुल्क असुली गरेको भन्दै मेडिकल कलेजहरुविरुद्ध आन्दोलन भईरहँदा नेपाल मेडिकल कलेजका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले तत्काल शुल्क निर्धारण गर्न सरकारसँग माग गरेका हुन्।

उनले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार चिकित्सा क्षेत्रको सुधारमा सरकार लागि नपरेको आरोप पनि लगाए।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

अध्यक्ष श्रेष्ठले चिकित्सा शिक्षा आयोगको बैठक समेत सरकारले नबोलाएका कारण यस क्षेत्रको समस्या समाधानका लागि आवश्यक निर्णय लिन कठिनाई भईरहेको पनि स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *