टिमुरेमा सशस्त्रको गोताखोर टोली परिचालन
रसुवा। रसुवाको टिमुरे तथा मैलुङ क्षेत्रको जलविद्युत् गृहमा सम्पर्कविहीन भएका व्यक्तिहरुको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहितको विशेष टोली परिचालित गरिएको छ।
सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङले भोटेकोशी नदीमा बाढी गएको चार दिनपछि टिमुरे तथा मैलुङलगायतका क्षेत्रमा विशेष तालिम प्राप्त जनशक्ति परिचालित गरी सम्पर्कविहीन अवस्थामा रहेका व्यक्तिको विवरण सङ्कलन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment