भोटेकोशी बाढी: मृतकको संख्या ७३४ पुग्यो, २,६९९ जनाको उद्धार, ८४ सुरक्षाकर्मी अझै सम्पर्कविहीन
काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ७३४ पुगेको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ८:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै हालसम्म २ हजार ६९९ जनाको सकुशल उद्धार गरिएको जनाएको छ।
विभिन्न जिल्लाहरूबाट हालसम्म ७३४ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार चितवनमा २५९, नवलपरासी पूर्वमा १८५, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको हो।
उद्धार कार्य अन्तर्गत सुरक्षाकर्मीले नुवाकोटबाट २ हजार २०, रसुवाबाट ६७६ र धादिङबाट ३ जनाको उद्धार गरेका छन्। यस्तै काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत रहेका १६० जना निको भएर घर फर्किएका छन्।
यसैबिच, बाढीपछि उद्धार तथा सुरक्षामा खटिएका ८४ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीन हुनेहरूमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना रहेका छन्। उनीहरूको खोजी कार्य निरन्तर जारी छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment