कविता : माटो मुनि को?
एक मुठी सास,
अनगिन्ती सपना,
निसासिँदै छ आस।
प्रतीक्षा-
उज्यालो प्रकाशको…!
लेदोमुनिको खोजी,
अनगिन्ती गाडिएका छटपटी,
निमोठिँदै गरेका आशा,
चिच्याउँछ जीवित संसार
थर्किने गरी।
हामी
माटोमाथि छटपटाउँदै
भन्दै छौं-
“We are Sorry”
आफन्तको चाहना-
पाइइयोस् जीवितै!
त्यसैले
उडेको उडै छ हेलिकप्टर,
खोज्न सास जसरी पनि।
अचम्मित छु,
एकाएक खबर आउँछ-
आँसुहरू
लासमा परिणत भएको!
त्यहीँ फेरि
एउटा अबोध बालक बाचेको छ;
थाहा छैन उसलाई के भयो,
भोलि इतिहास सुनाउला
बुझ्ने भएपछि।
अहिले
खुल्ला आकाशमुनि हुनेहरू पनि
निसासिएका छन्;
माटोमुनिको जीवनजस्तै
पलपल छटपटाएका छन्,
शरीर शून्य हुने गरी…
माटोमुनिको…
खै कहाँ, कहिले, कसरी…?
No ads found for this position
प्रतिक्रिया


Facebook Comment