विपद् प्रभावितका लागि ह्वासिया इन्भेस्टमेन्टद्वारा २० लाख रुपैयाँ सहयोग
काठमाडौं। हालैको विनाशकारी विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभावितको राहत, पुनर्स्थापना र उद्धार कार्यमा प्रयोग गरिनेछ।
चेक हस्तान्तरण कार्यक्रममा मन्त्री यादवले विपद्को यस कठिन समयमा मानवीय भावनाका साथ सहयोग उपलब्ध गराएकोमा ह्वासिया इन्भेस्टमेन्ट कम्पनीलाई धन्यवाद व्यक्त गरिन्। प्राप्त सहयोग रकम पारदर्शी रूपमा प्रभावित नागरिककै राहत र उद्धारमा उपयोग गरिने प्रतिबद्धता उनले जनाइन्।
विपद्को सामना सरकार एक्लैले गर्न कठिन हुने उल्लेख गर्दै मन्त्री यादवले निजी क्षेत्र तथा विभिन्न सङ्घ-संस्थाहरूबाट प्राप्त भइरहेको यस्तो सहयोगले सरकारको राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी र द्रुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment