रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

डिसी नेपाल
१६ भदौ २०८३ १९:१४

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता भएको छ।

मंगलबार लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटवार्तामा राजदूत माओमिङले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै चीन नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न तयार रहेको बताएका छन्। उनले खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालको साथमा रहने सन्देश दिएका छन्।

विपद्पछि चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सहयोग उपलब्ध गराइरहेको र आवश्यकता रहेसम्म सहयोग जारी राख्ने जानकारी राजदूतले दिएका छन्।

सो भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विपद्पूर्व सूचना प्रणालीलाई अझ सुदृढ र प्रभावकारी बनाउन तथा दुई देशबीच थप समन्वय गर्न आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ।

राजदूत माओमिङले पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन चीन प्रतिबद्ध रहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *