एनआरएनएद्धारा खेलकुद प्रतिष्ठान स्थापना, सम्मेलनको अवसरमा विभिन्न ५ प्रतियोगिता हुँदै

डिसी नेपाल
१७ असोज २०७६ १५:४३

काठमाडौं । गैर आवासीय नेपाल संघ (एनआरएनए) ले ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ को स्थापना गरेको छ।

एनआरएनएले शुक्रबार सचिवालयमा पत्रकार सम्मेलन गरी सो प्रतिष्ठान स्थापना गरिएको घोषणा गरेको हो।

रोजगारीको लागि विदेश बस्न बाध्य नेपाली खेलाडीहरुलाई पनि राष्ट्रिय खेलकुदमा आवद्ध गराउने मुख्य उद्देश्यका साथ सो प्रतिष्ठान स्थापना गरिएको एनआरएनएका युवा तथा खेलकुद समितिका संयोजक सुदन थापाले बताए।

संयोजक थापाकाअनुसार प्रतिष्ठानले नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय सहायता जुटाउने काम पनि गर्नेछ्।

यसैबीच, एनआरएनएले आफ्नो विश्व सम्मेलनको अवसर पारेर काठमाडौंमा ५ वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने पनि घोषणा गरेको छ। ‘एनआरएनए हेरिटेज वाकथुन’, एनआरएनए स्र्पोटस् मिट, एनआरएनए फुटशल टुर्नामेन्ट, एनआरएनए गल्फ च्याम्पियनसिप र एनआरएनए पेन्टिङ एक्जिबिशन पनि आयोजना गर्न लागिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए।

संघको विश्व सम्मेलन आगामी अक्टोेबर १५ तारिखदेखि काठमाडौंमा हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *