नेप्सेमा सामान्य सुधार : ४.६६ अंकले बढ्यो, ३ अर्ब ४६ करोडको शेयर कारोबार
काठमाडौं। नेप्सेमा आज वृद्धि भएको छ। आज बिहीबार नेप्से ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेर रोकिएको छ।
आज ३४६ कम्पनिका एक करोड २१ लाख ६३ हजार ७६३ कित्ता शेयर ३ अर्ब ४६ करोड ५२ लाख १ हजार ४२ मा कारोबार भएको थियो। आज फाइनान्स, हाइड्रो, निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।
आज, सबैभन्दा बढी वीन नेपाल लघुवित्तको शेयर ८.७६ प्रतिशतले बढेको छ भने चिर्ख्वा हाइड्रोको शेयर ८.५६ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी पियोर इनर्जीको शेयर १३.३३ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ४० करोड ९ लाख बराबरको कारोबार भएको छ भने सानिमा मिडल तामोरको १३ करोड ३२ लाख बराबरको कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment