क्यालिफोर्नियामा सडक दुर्घटना, चार जनाको मृत्यु

डिसी नेपाल
१७ असोज २०७६ २३:०५

सान फ्रान्सिस्को (रासस/सिन्ह्वा) । उत्तरी क्यालिफोर्नियाको राजमार्गमा उल्टो दिशातर्फ मोडिएको एउटा कारले ट्याक्सीलाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ।

स्थानीय ट्राफिक प्रहरीका अनुसार कार चलाउने महिला हिल्सबरोकी ३४ वर्षीया एमिली रोस रहेकी थिइन्।

प्रारम्भिक अनुसन्धानबाट रोसले मदिरा सेवन गरेको खुलेको छ। दुर्घटनाबाट ट्याक्सी चालक ४२ वर्षीय बर्कान्त अहमद र ट्याक्सीमा सवार दुई यात्रु तथा कार चालक रोसको मृत्यु भएको छ।

यसै वर्ष यस क्षेत्रमा ट्राफिक नियम उल्लंघनका २५ वटा घटना भइसकेको ट्राफिक प्रहरीले जनाएको छ। दशवटा गम्भीर दुर्घटनामा परेर १९ जनाको ज्यान गइसकेको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *