आजको राशिफल: कुन राशिलाई के छ योग? ग्रहदशा र दिनको लेखाजोखा

डिसी नेपाल
२१ भदौ २०८३ ६:१७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन निकै अनुकूल देखिन्छ। पूर्वयोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। राज्यका उच्च निकाय वा प्रशासनिक क्षेत्रबाट नयाँ नियुक्ति तथा जिम्मेवारी पाउने प्रबल योग छ। राजनीतिक क्षेत्रमा वर्चस्व बढ्नुका साथै महत्त्वपूर्ण भूमिका प्राप्त हुन सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

दिन शुभ र उत्साहप्रद रहनेछ। साथीभाइ तथा परिवारजनको पूर्ण सहयोग प्राप्त हुनेछ। सामाजिक काममा केही खर्च भए पनि मान-सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। शैक्षिक क्षेत्रमा गरिएका प्रयासहरूले सफलताको दिशा लिनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दिन सकारात्मक रहनेछ। रोकिएका कामहरू बन्नेछन्। बोलीको प्रभाव बढ्ने भएकाले मधुर वाणीको प्रयोग गर्न सकिएमा थप लाभ मिल्नेछ। स्वदेशी लगानीको तुलनामा वैदेशिक क्षेत्र वा विदेशसँग सम्बन्धित कारोबारबाट बढी फाइदा हुनेछ।

कर्कट (ही, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन मध्यम छ। सानातिना व्यावहारिक झन्झटले मनमा सामान्य चिन्ता बढाउन सक्छ। व्यापार-व्यवसायमा नयाँ लगानी गर्दा जोखिम हुनसक्ने भएकाले सचेत रहनुहोला। यद्यपि, राजनीतिक र स्वास्थ्यको क्षेत्रमा भने सुधारका सकारात्मक संकेतहरू देखिनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन केही प्रतिकूल रहन सक्छ। मनमा अकारण अशान्ति वा दोधारको स्थिति पैदा हुन सक्छ। महत्त्वपूर्ण निर्णय लिनुपर्दा अनुभवी तथा ज्येष्ठ व्यक्तिको मार्गदर्शन लिनु उपयुक्त हुनेछ। फजुल खर्च बढ्न सक्ने भएकाले बजेटमा नियन्त्रण राख्नुहोला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन फलदायी रहनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। वैदेशिक यात्राको योजना छ भने आजलाई स्थगित गर्नु उपयुक्त हुनेछ। स्वदेशमै लगानीका राम्रा अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक सहमतिमा सुरु गरिएका कामबाट सोचेजस्तै सफलता मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

समय अनुकूल रहेकाले अवसरको सही सदुपयोग गर्नुहोला। परिवारसँगको छलफलमा अघि बढाइएका योजनाहरू सफल हुनेछन्। अध्यात्म तथा अध्ययनतर्फ गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। कला र सिर्जनात्मक क्षेत्रमा प्रशंसा मिल्नेछ। राजनीतिक वृत्तमा भने सम्भावित धोका वा छलकपटबाट सतर्क रहनुपर्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दिन सामान्य रहे पनि शैक्षिक र बौद्धिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। व्यक्तिगत प्रयासले कार्यसिद्धि गराउनेछ। परिवारको साथ र उच्चपदस्थ व्यक्तिहरूसँगको निकटताले रोकिएका महत्त्वपूर्ण कामहरू सम्पादन गर्न सहज हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आजको दिन निकै शुभ र भाग्यशाली रहनेछ। सोचेका कामहरू सहजै पूरा हुनेछन्। स्वास्थ्य स्थितिमा सुधार आउनुका साथै मन प्रसन्न रहनेछ। व्यापारभन्दा राजनीतिक तथा सामाजिक क्षेत्रमा पहुँच र प्रतिष्ठा बढ्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

परिवारका साथ रमाइलो यात्राको योग छ। मनोरञ्जन र यात्रामा केही धन खर्च हुन सक्छ। शिक्षा क्षेत्रको लगानीले दीर्घकालीन लाभ दिनेछ। बौद्धिक प्रतिस्पर्धीहरूसँग व्यवहार गर्दा संयमित भई कम बोल्नु र सोचेर मात्र कदम चाल्नु हितकर हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दिन उत्साहजनक छ। नयाँ आम्दानीका मार्गहरू पहिल्याउन सकिनेछ। शुभ यात्राको योग छ। विज्ञ तथा बौद्धिक व्यक्तिहरूसँगको भेटघाटले नयाँ अवसर सिर्जना गर्नेछ। आफ्ना मेहनत र श्रमको उचित मूल्यांकन हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

शिक्षा र बौद्धिक क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। बोलीमा नियन्त्रण र संयमता अपनाउनु आवश्यक छ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारको सहयोगमा सञ्चालित कामहरू सफल हुनेछन् भने मनमा नयाँ काम गर्ने उत्साह थपिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *