पर्वत समाज बेल्जियमको सेतिवेणीमा कार्यक्रम हुँदै
बेल्जियम। पर्वत समाज वेल्जियमले आगामी असोज २४ गते पर्वतको सेतिवेणीमा सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गर्ने भएको छ।
पर्वत समाज बेल्जियमको अनाथ तथा असहाय बच्चाहरूको सहयोगका लागिबनेको कोषबाट छुट्याइएको सहयोगबाट बिहादी गाउँपालिका सेतीबेणीमा रहेको संस्कृत विद्यालयका अनाथ तथा असहाय बालबालिकालाई लत्ताकपडा, भाँडाकुँडा र खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको समाजले जानकारी दिएको छ।
समाजको तर्फबाट अन्तराष्ट्रिय पर्वत समाज र बेल्जियमका समेत सल्लाहकार रहेका सामाजिक अभियन्ता कृष्ण तिवारीको संयोजन र पहल एवं संस्थाका सकृय सदस्य, सामाजिक अभियन्ता अमृत पौडेलको सक्रियता एवं बिहादी गाउँपालिकाको तर्फबाट सोही गाउँपालिकाका सामाजिक तथा किसान अभियन्ता ऋषिराम भुसालको सम्पर्क संयोजनमा आयोजित सो कार्यक्रममा पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसीसहित कार्यसमितिका पदाधिकारीहरूको उपस्थिति हुने बताइएको छ।
गतवर्ष नोभेम्बर ५ मा भएको जनप्रतिनिधिसँगको अन्तरक्रियाबाट गरिएको निर्णय अनुरूप बिहादी गाउँपालिकाले उक्त प्रस्ताव ल्याएको कारण सेतीबेनीमा सो कार्यक्रम गर्न लागिएको हो।
त्यस्तै असोज २३ गते संसारभरका पर्वतेलीहरुको साझा सस्था अन्तर्रा्ष्ट्रिय पर्वत समाजको अधिवेशन पैञ्यु गाउँपालिकाको हातेमालो चोकमा आयोजना गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment