रसुवाका बाढीप्रभावितलाई भायानेटको २० लाख सहयोग; प्रधानमन्त्री उद्धार कोषमा बुझाइयो रकम
काठमाडौं। रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्को यस कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै उक्त सहयोग उपलब्ध गराएको हो। सरकारी नेतृत्वमा भइरहेका राहत तथा पुनःस्थापनाका प्रयासहरूमा यस सहयोगले थप बल पुग्ने विश्वास भायानेटले लिएको छ।
यसै क्रममा, भायानेटले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। साथै, कठिन परिस्थितिमा उद्धार र राहत कार्यमा निरन्तर खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा सरकारी निकायहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता मानवीय सहायता र राष्ट्रिय प्रयासहरूमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment