जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने

डिसी नेपाल
२३ भदौ २०८३ २२:२६

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगञ्जस्थित टाउन हलमा हुने भएको छ। महाधिवेशनको सम्पूर्ण तयारी र निर्वाचन कार्यतालिका तय भइसकेको पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।

सार्वजनिक कार्यतालिका अनुसार जिल्लाबाट मनोनीत महाधिवेशन प्रतिनिधिको विवरण भदौ २८ गतेभित्र केन्द्रमा पठाइसक्नुपर्नेछ। त्यसपछि भदौ २९ गते मतदाता नामावली प्रकाशन, भदौ ३० गते दाबी-विरोध र भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यसहित सम्पूर्ण पदका लागि असोज १ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ। असोज २ गते उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, असोज ३ गते दाबी-विरोध, असोज ४ गते नाम फिर्ता र असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ।

महाधिवेशनअघि असोज ९ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नेछ। असोज १० गते महाधिवेशनको उद्घाटनसँगै मतदान सम्पन्न गरी असोज ११ गते मतगणना र अन्तिम परिणाम घोषणा गरिने पार्टीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *