सिरहाको सीमा क्षेत्रबाट १५७ किलोभन्दा बढी गाँजा बरामद, तस्कर फरार
सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रबाट भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका–४ स्थित इट्टाटार सीमा क्षेत्रबाट उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब १ः३५ बजे नेपालबाट टाउकोमा बोकेर भारततर्फ गाँजा लैजाँदै गरेका तस्करहरूले गस्ती टोलीलाई टाढैबाट देखेपछि गाँजाका पोकाहरू सीमा क्षेत्रमै छाडेर फरार भएका थिए।
गस्ती टोलीले नियन्त्रणमा लिएको गाँजालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाले सीमा क्षेत्रमा हुने अवैध तस्करी तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न गस्ती र निगरानीलाई थप कडा एवं प्रभावकारी बनाइएको जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment