कर्णालीलाई हराउँदै अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभीएलको उपाधि
काठमाडौं। अन्नपूर्ण स्पाइकर्स किंगले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न फाइनल खेलमा अन्नपूर्णले कर्णाली शिवराजलाई तीन सेटको सोझो सेटमा पराजित गरेको हो। अन्नपूर्णले कर्णालीलाई पहिलो सेट २५-१५ ले जितेको थियो भने दोस्रो सेट २५-२० ले जितेको थियो। त्यस्तै तेस्रो सेटमा २५-१८ ले जितेको हो।
केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको थियो। नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment