भोटेकोशी बाढी प्रभावितका लागि शाओमी नेपालद्वारा २५ लाख आर्थिक सहयोग
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्थापनाका लागि प्रविधि कम्पनी ‘शाओमी नेपाल’ले २५ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले बाढीपहिरो पीडितलाई तत्काल राहत र सहयोग पुर्याउने उद्देश्यले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो।
उक्त सहयोग रकम रमेशकर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल, भत्सल इम्पेक्सका निर्देशक नितेश कुमार मद्रा र शाओमी नेपालका बिक्री तथा वितरण प्रमुख दिनेश राईले संयुक्तरूपमा अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो।
सहयोग हस्तान्तरणका क्रममा शाओमी नेपालका प्रतिनिधिहरूले प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख र सहानुभूति व्यक्त गरेका थिए।
कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु संस्थागत एवं मानवीय दायित्व भएको उल्लेख गर्दै कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यमा निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment