बोस्टनमा नेपाली फोटोग्राफर बिमलको फोटो प्रदर्शनी सुरु
बोस्टन मास्स्सच्युसेट्स। चर्चित नेपाली फोटोग्राफर बिमल नेपालको बोस्टनमा सात हप्ते फोटो प्रदर्शनी सुरु भएको छ।
क्याम्ब्रिज टेलिभिजन र विमल फोटो स्टुडियोको संयुक्त आयोजनामा उक्त प्रदर्शनी दि क्यारेन अक्वा ग्यालरी, ४३८ म्यास्साच्युसेत्ट्स एभीन्यु, क्याम्ब्रिजमा संचालन भैरहेको छ।
प्रदर्शनीमा फोटोग्राफरले एक घण्टा भित्र सडकमा मानिसको गतिबिधि र रंगलाई कुसलता पूर्वक संयोजन गरेर खिचेका १३ वटा फोटोहरु छन्।
‘कलरफुल सेन्ट्रल स्क्वायर- वान आवर स्ट्रीट फोटोग्राफी’ नाम दिईएको सो प्रदर्शनीमा अरु पोट्रेट र फाइन आर्ट फोटोहरु पनि छन्।
अमेरिकीहरुले पनि निकै चासो दिएका बिमल नेपालको फोटोग्राफीलाई विश्व प्रसिद्ध समाचारपत्र दि न्युयोर्क टाइम्स का पूर्व फोटो सम्पादक स्टिभन क्याप्लन यसो भन्छन, ‘विमल नेपालले हरेक मानिसको उत्कृष्टतालाई उनले सिर्जना गरेको पोट्रेटमा उतार्छन्। प्रकाशको सिर्जनशील प्रयोगबाट फोटोमा तपाइको व्यक्तित्व उनले चम्काइदिन सक्छन। फोटोग्राफी कलामा उनि साच्चिकै सिद्धहस्त छन्।’
बिमल नेपालले हार्वर्ड युनिभर्सिटिको चोकमा फोटो स्टुडियो चलाउदै छन्। उनि फोटो जर्नालिस्ट पनि हुन् र उनको फोटोहरु बोस्टनका स्थानिय प्रकाशन देखि विश्व प्रशिद्ध नेशनल जियोग्राफीमा पनि प्रकशित छन्। उनले फोटोग्राफीको विधा मद्धे स्टुडियो पोट्रेट, लोकेसन पोट्रेट, फोटो पत्रकारिता, र स्ट्रीट फोटोग्राफीमा हात हालेका छन्।
नेपालमा आर्थिक पत्रकारिताबाट आफ्नो काम थालेका बिमल नेपाल अमेरिकामा आएपछि भने फोटोग्राफी तिर लागे। सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको दिपावलीको फोटो बिना अनुमति प्रयोग गरेपछि विमल नेपालले अन्तर्राष्ट्रिय चर्चा पाएका थिए। यो फोटो प्रदर्शनी नोभेम्वर ११ सम्म चल्ने बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment