पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह
ललितपुर। पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै उनीहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गरेका छन्।
व्यावसायिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले सिजन मिडियाको प्रस्तुतिमा आज ललितपुरमा आयोजित ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६’ को ग्रान्ड अवार्ड समारोहdf उहाँले नेपालसहित विभिन्न एसियाली मुलुकका व्यक्तित्वलाई सम्मान गर्ने अवसर महत्वपूर्ण भएको बताए।
नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद साफिकुर रहमानले एसियाली समाजमा उत्कृष्टता, समर्पण र योगदानको सम्मान गर्दै युवासहित सबैलाई समाजसेवाका लागि प्रेरित गर्ने तथा नेपाल–बङ्गलादेशबीच जनस्तरको सम्बन्ध र सांस्कृतिक सहकार्य सुदृढ गर्ने मञ्चका रूपमा अवार्ड कार्यक्रमको प्रशंसा गरे।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफलता निरन्तरको लगनशीलताबाट प्राप्त हुने बताउँदै विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे। उनले सम्मानित व्यक्तित्वलाई समाजप्रति जिम्मेवार भएर क्रियाशील रहन आग्रह गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment