न्यायाधीशले अदालतभित्रै आफूलाई गोली हानेपछि…

डिसी नेपाल
१९ असोज २०७६ ११:५६

बीबीसी। थाईल्यान्डमा एक न्यायाधीशले अदालतभित्र आफैँलाई गोली हानेका छन्।

बीबीसीका अनुसार देशको न्यायिक प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै ती न्यायाधीशले आफैँलाई गोली हानेका हुन्।

शुक्रवार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश कनिकन फिएन्चनाले पाँच मुस्लिम पुरुषहरूलाई सफाइ दिएका थिए।

न्यायपालिका निष्पक्ष हुनुपर्ने भन्दै न्यायिक शपथ वाचन गरेका ती न्यायाधीशले अकस्मात् पेस्तोल निकालेर आफ्नो छातीमा गोली हानेका थिए।

तर ती न्यायाधीशको ज्यान जोगियो। उनी अहिले एउटा अस्पतालमा स्वास्थ्यलाभ गर्दैछन्।

आफ्नो निर्णय सुनाउनुअघि लेखिएको भन्ठानिएको एउटा विज्ञप्तिले ती न्यायाधीशले आत्महत्या गर्न खोज्नुको कारण उक्त मुद्दामा बाह्य हस्तक्षेप भएको हुन सक्ने सङ्केत पाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *