तीन वटा संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
३१ भदौ २०८३ ८:२७

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) समितिको बैठक बस्ने भएको हो ।

अर्थ समितिको बैठक बिहन १० बजे बस्ने भएको छ । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने छ ।

यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठक ११ः१५ बजे बस्ने भएको छ ।

बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका पूर्व सभापतिसँग छलफल हुने छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *