बाक्लो हुस्सुका कारण सप्तरीमा ईभी कार ट्यांकरमा ठोक्कियो, चार जना घाइते

डिसी नेपाल
३१ भदौ २०८३ १२:३३

सप्तरी। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका-६ श्रीपुरमा बाक्लो हुस्सुका कारण ईभी कार बिग्रिएर सडकपेटीमा रोकिराखिएको भारतीय ट्यांकरमा ठोक्किँदा चार जना घाइते भएका छन्। दुर्घटना बुधबार बिहान करिब पौने ६ बजे भएको हो।

काठमाडौँबाट झापातर्फ जाँदै गरेको बा.प्र.०-०३५च ३३१७ नम्बरको ईभी कार सडक किनारमा रोकिराखिएको डब्लुबी ११ एफ १७९५ नम्बरको भारतीय ट्यांकरसँग ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि कार चालक धादिङको पितले-३ का २१ वर्षीय मनोज श्रेष्ठ, सुनसरी इनरुवा-३ का ३० वर्षीय ओशिम खान, बराहक्षेत्र-९ का २५ वर्षीय मोहन कविरथ र झापाको भद्रपुर-७ का २८ वर्षीय पवन राई घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हिमराज घिमिरेका अनुसार बाक्लो हुस्सुका कारण अगाडिको दृश्य प्रस्ट नदेखिँदा तीव्र गतिमा रहेको कार ट्यांकरमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *