इराकमा सरकार विरोध प्रदर्शन जारी, करिब एक सयको जनाको मृत्यु

डिसी नेपाल
१९ असोज २०७६ १६:२३

इराक (रासस/सिन्ह्वा) । इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या १०० जना पुगेको छ। इराकी मानव अधिकार आयोगका अनुसार शनिबारसम्ममा झण्डै चार हजार व्यक्ति घाइते भएका छन्।

इराकी मानव अधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र अरु प्रान्तका मुख्य शहरहरुमा चार दिनदेखि जारी हिंसामा सुरक्षाकर्मी समेत ९९ जनाको ज्यान गएको बताए।

उनले आन्दोलनमा संलग्न झण्डै तीन हजार ९९१ जना घाइते भएको पनि जानकारी दिए। यी घाइतेमध्ये अधिकांश आन्दोलनकारी रहेका छन्। बायाटीले हिंसात्मक झडप रोकिने स्थितिमा अझै नरहेको बताए।

गत मंगलबारदेखि बग्दाद र मुलुकका अन्य ठूला शहरमा निरन्तर प्रदर्शन भइरहेको छ। उनीहरु बेरोजगारी बढेको, आधारभूत सेवाबाट आमजनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार व्यापक बढेको भन्दै प्रदर्शनमा उत्रिएका हुन्।

गत शुक्रबार बिहान इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले प्रदर्शनकारीलाई शान्त रहन र वार्तामा आउन आग्रह गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *