अमेरिकाले प्यालेस्टाइनी प्राधिकरणका राष्ट्रपतिलाई फेरि भिसा दिएन
काठमाडौं । अमेरिकाले लगातार दोस्रो वर्ष संयुक्त राष्ट्रसङ्घको महासभा (यूएनजीए) मा सहभागी हुनका लागि प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमुद अब्बासलाई भिसानिषेध गरेको छ।
समाचार एजेन्सी एएफपीले यस मामिलासँग जोडिएका निकट स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। अघिल्लो वर्ष पनि महमुद अब्बासलाई संयुक्त राष्ट्रसङ्घ महासभामा आफ्नो वार्षिक सम्बोधन भिडियो लिङ्कमार्फत दिन बाध्य पारिएको थियो।
संयुक्त राष्ट्रसङ्घ महासभाको वार्षिक आयोजना सामान्यतया सेप्टेम्बरको तेस्रो साता अमेरिकाको न्युयोर्कमा हुने गर्दछ, जहाँ विश्वभरका नेताहरूले विश्वव्यापी चुनौतीहरूका विषयमा भाषण दिने गर्छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment