संविधान रक्षा र राष्ट्रिय एकताका लागि एकताबद्ध हुन एमाले अध्यक्ष ओलीको आह्वान
काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा र राष्ट्रिय एकतालाई सुदृढ बनाउन संविधान पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।
संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले मुलुकलाई सही दिशामा अघि बढाउन र जोगाउन देशभक्त तथा संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका हुन्।
लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण र विभिन्न वर्ग, क्षेत्र तथा समुदायका आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले संविधान जारी भएलगत्तै देशले व्यहोरेको नाकाबन्दीजस्तो कठिन परिस्थितिलाई स्मरण गरे। उक्त संकटले संविधानको रक्षा र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन प्रेरित गरेको उनको भनाइ थियो।
साथै, संविधान निर्माणको जटिल समयको सामना गर्दै आफ्नो पार्टी नेतृत्वको तत्कालीन सरकारले छोटो समयमै आवश्यक कानुन निर्माण र संरचनात्मक विकासमार्फत संविधानलाई पूर्ण कार्यान्वयनको चरणमा पुर्याएको दाबीसमेत उनले गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment