उपत्यकामा २४ घण्टाभित्र १,२१३ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

डिसी नेपाल
३ असोज २०८३ ७:१३

काठमाडाैं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा नियम उल्लङ्घन गर्ने १ हजार २१३ जना सवारी चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चलाइएको विशेष चेकिङका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ११८ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। त्यस्तै सिसीटिभी  फुटेजका आधारमा ७३ जना र रातो बत्तीको नियम उल्लंघन गर्ने ८२ जना चालक कारबाहीमा परेका छन्।

यसैगरी तीव्र गतिमा सवारी चलाउने १५४, प्रतिबन्धित क्षेत्रमा हर्न बजाउने ४०, अनुशासित लेन पालना नगर्ने ६४, सवारीसाधनको यान्त्रिक अवस्था ठिक नराख्ने ३९, एकतर्फी (वान-वे) सडकमा सवारी हाक्ने १५ र अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने १५ जना चालकलाई कारबाही गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *