ट्रम्पको दाबीः इरानसँगको युद्ध चाँडै सकिने सम्भावना

डिसी नेपाल
३ असोज २०८३ १९:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँगको युद्ध चाँडै अन्त्य हुने बताएका छन्। मानिसहरू इरानसँग परमाणु हतियार (आणविक हतियार) होस् भन्ने नचाहने र त्यस्तो हुन नदिइने उनको भनाइ छ।

युद्ध समाप्त भएपछि इन्धन (ग्यास) को मूल्य पहिलेकै स्तरमा घट्ने र त्योभन्दा पनि कम हुन सक्ने उनको दाबी छ। ट्रम्पले यसअघि पनि लगातार यस्तै अभिव्यक्ति दिँदै आएका थिए।

आगामी नोभेम्बरमा अमेरिकामा हुने ‘मिडटर्म’ (मध्यावधि) चुनावलगत्तै इरानसँगको युद्ध सकिने उनको भनाइ छ। तेहरानले यो सङ्घर्षलाई धेरै लामो समयसम्म जारी राख्न नसक्ने उनको ठम्याइ छ।

“मलाई लाग्छ चुनावलगत्तै युद्ध समाप्त हुनेछ,” उनको भनाइ छ। इरानले अमेरिकी चुनावको नतिजालाई प्रभावित पार्न खोजेको र अमेरिकामा कमजोर नेताहरू सत्तामा आओस् भन्ने चाहेको उनको आरोप छ।

चीनका राष्ट्रपति चिनफिङको अमेरिका भ्रमणबारे बोल्दै उनी अर्को साता अमेरिका आउने उनको अनुमान छ। दुई देशबीच राम्रो सम्बन्ध रहेको र भ्रमणका क्रममा धेरै महत्त्वपूर्ण सम्झौताहरू हुने उनको भनाइ छ।

चीनले अमेरिकाको जासुसी गर्ने गरेको प्रसङ्गमा ट्रम्पले भने, “सायद उनीहरूले त्यसो गर्दा हुन्, तर अमेरिकाले पनि उनीहरूको जासुसी गर्छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *