जर्जियाको एटलान्टामा दुई दिने श्रीमद् भागवत महापुराण आयोजना हुने

डिसी नेपाल
२० असोज २०७६ ८:२५

एटलान्टा। जर्जियाको एटलान्टामा दुई दिने श्रीमद् भागवत महापुराण आयोजना हुने भएको छ।

नेपाली कल्चर सेन्टर (एनसीसी) को आयोजना तथा नेपलिज एशोसिएसन अफ जर्जियाको सहकार्यमा उक्त कार्यक्रम हाल संचालित स्कूलको सहयोगार्थ हुने नागका पूर्व सभापति तथा एनसीसीका उपसभापति राजु थापाले बताए।

यही अक्टोबर १२ शनिबार र १३ आइतबार हुने उक्त कार्यक्रममा आ–आफ्नो घरबाट कलश लिएर पूजा गर्न सकिने जानकारी दिईएको छ।

एटलान्टा तथा यसका वरपरका राज्यबाट पनि कथा श्रवण गर्न सबै समुदायलाई अनुरोध गरिएको छ।

एटलान्टामा विगत लामो समयदेखि नेपाली कल्चर सेन्टरले विभिन्न उमेरका बालबच्चालाई नेपाली कला, संस्कृति, भाषाशिक्षा सिकाउदै आएको छ। हाल भाडामा कोठा लिई स्कूल संचालन भैरहको स्कूलमा स्थानीय बालबालिकाको व्यापक सहभागिता रहेको छ।

आदरणीय व्यक्ति प्रलाद पंतको नेतृत्वमा रहेको एनसीसीमा दुई दिने सप्ताहको संयोजन जनक बरालले गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *