गोरखामा जिप दुर्घटना: ८१ वर्षीया लालमायाको मृत्यु, सात जना घाइते
गोरखा। गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङमा आइतबार बिहान भएको जिप दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।
भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको जिप दुर्घटना भई थिचिँदा थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरुङको घटनास्थलमै मृत्यु भएको स्थानीय वडाध्यक्ष खुसीमान गुरुङले जानकारी दिए।
दुर्घटनामा सिरानचोक गाउँपालिका-७ का ६८ वर्षीय कमलबहादुर घिमिरे गम्भीर घाइते भएका छन्। त्यसैगरी, सोही ठाउँका ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का, ७३ वर्षीय कुलबहादुर सार्की, सिरानचोक-६ सिम्लेकी ६८ वर्षीया सीता गुरुङ, सिरानचोक-७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली र उनकी दुई वर्षीया छोरी रेविका नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
घाइते सबैको प्रदेश अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि जिप चालक विकास गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment